Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नेपालबारे कांग्रेस महामन्त्री थापाले भने– अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन

नेपालबारे कांग्रेस महामन्त्री थापाले भने– अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन
विज्ञापन
Advertisement

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड धारणा राखे ।

यस्तै, महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको उल्लेख गरे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit