Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सांसद चौधरीको निर्वाचन क्षेत्रमा ३१ करोड बढि बजेट, सात वटा सडक पूर्वाधारमा मात्रै २१ करोड विनियोजन

सांसद चौधरीको निर्वाचन क्षेत्रमा ३१ करोड बढि बजेट, सात वटा सडक पूर्वाधारमा मात्रै २१ करोड विनियोजन
विज्ञापन
Advertisement

नवलपरासी ।  प्रतिनिधिसभा सांसद विनोद चौधरीको निर्वाचन क्षेत्रमा ३१ करोड बढि बजेट विनियोजन भएको छ । सांसद चौधरीको निर्वाचन क्षेत्र समेत रहेको पश्चिम नवलपरासी १ मा उनकै पहलमा शहरी विकास मन्त्रालयअन्तर्गत बजेट विनियोजन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन भएको छ । पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका परियोजनामा बजेट विनियोजन गरिएको बताइएको छ। यस्तै, एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ रकम शहरी विकास मन्त्रालयमार्फत दिइएको हो ।

प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा ३ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । सडक पूर्वाधार विकासतर्फ बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको बिषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि ३ करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि पनि ३ करोड, बर्दघाट टिसिएन चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नं ७) सरावल का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नं.१ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नं ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ ।

यसैगरी, प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।
सहरी विकास र सौन्दर्यीकरणतर्फ बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि पनि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ । यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्।

पर्यटन पूर्वाधारतर्फ, खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड रुपैयाँ विनियोजन भएका छभने बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि ३१ करोड बढी रकम विनियोजन गराएका छन् । बजेट विनियोजनका लागि उनले तीन तहकै सरकारसँग आवश्यक पहल र समन्वयको काम गर्दै आएको उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit