काठमाडौं । नेपाल एसबिआई बैंकले असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले बजार अवस्थाअनुसार ब्याजदर परिमार्जन गरेको जनाएको छ। नयाँ दरअनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१० प्रतिशतसम्म ब्याज पाइनेछ भने बचत खातामा समय अवधि अनुसार २.७५ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । घर कर्जाको स्थिर ब्याजदर ८.९९ प्रतिशतबाट सुरु हुने बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई विस्तृत जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट, मोबाइल बैंकिङ वा नजिकको शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। हाल बैंकले देशभर १०३ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्