Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

वाईफाई नेपालको मनसुन अफर: १०० Mbps इन्टरनेट, १२ महिनामा १ महिना बोनस

वाईफाई नेपालको मनसुन अफर: १०० Mbps इन्टरनेट, १२ महिनामा १ महिना बोनस
विज्ञापन
Advertisement

ललितपुर । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले मनसुनको अवसरमा एक आकर्षक अफर सार्वजनिक गरेको छ। “Monsoon Offer – Century Pack” नाम दिइएको यस योजनामार्फत ग्राहकहरूले १०० Mbps को उच्चगति इन्टरनेट सेवा पाउनेछन्, त्यो पनि जम्मा रू. ८ हजार ५०० मा – कुनै थप शुल्क वा VAT नलाग्ने गरी।

विज्ञापन
Advertisement
Advertisement

यो अफर अन्तर्गत ग्राहकहरूले १२ महिनाको सदस्यतासँगै १ महिना बोनस इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन्। साथै, अफरमा NOKIA 5GHz राउटर पनि समावेश गरिएको छ, जसले इन्टरनेट सेवा अझ स्थिर र तीव्र बनाउनेछ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) शत्रुहन पञ्जियारका अनुसार, “वाईफाई नेपालको लक्ष्य सधैँ सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० Mbps सेवा सफलताका साथ सञ्चालन गरिरहँदा आज हाम्रा ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै यो विशेष मनसुन अफर सार्वजनिक गरेका हौं।”

वाईफाई नेपाल हाल देशभर ४८ शाखामार्फत १०० भन्दा बढी शहरहरूमा सेवा दिइरहेको छ र ४४३ जना जनशक्ति ग्राहक सेवामा समर्पित छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit