Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा नयाँ विद्युतीय गाडी बीएमडब्ल्यू iX2 सार्वजनिक, यस्ता छन् फिचर

नेपालमा नयाँ विद्युतीय गाडी बीएमडब्ल्यू iX2 सार्वजनिक, यस्ता छन् फिचर
विज्ञापन
Advertisement

काठमाडौं ।नेपालमा बीएमडब्ल्यू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ विद्युतीय मोडल बीएमडब्ल्यू iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) सार्वजनिक गरेको छ। कम्पनीले यस मोडलमार्फत नेपालमा विद्युतीय सवारीसाधन र दिगो यात्राप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ बीएमडब्ल्यू iX2 eDrive20 ले आकर्षक डिजाइन, स्मार्ट प्रणाली र नवप्रविधिको संयोजनमार्फत दिगोपन रोज्ने उपभोक्ताका लागि उत्कृष्ट विकल्प दिन सक्ने कम्पनीको विश्वास छ। यस गाडीले १५० kW / २०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्ने क्षमता राख्छ भने यसको ड्राइभिङ रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहनेछ।

कम उर्जा खपत (प्रति १०० किमीमा १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जनसहितको यो प्रिमियम कम्प्याक्ट SAV ले पर्यावरणमैत्री यात्राका लागि नयाँ सम्भावना थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

बीएमडब्ल्यूको पाँचौं पुस्ताको eDrive प्रविधि समावेश गरिएको iX2 ले अधिकतम २५० Nm टर्क उत्पादन गर्छ र ० देखि १०० किमी प्रतिघण्टाको गति ८.६ सेकेन्डमा हासिल गर्न सक्छ। यसको अधिकतम गति १७० किमी प्रतिघण्टा रहेको छ। गाडीको फ्लोरमा राखिएको उच्च क्षमता (६६.५ kWh) को हाई भोल्टेज ब्याट्रीले सन्तुलित तौल व्यवस्थापनसँगै लामो दूरी यात्रा सुनिश्चित गर्छ।

चार्जिङ सुविधाको कुरा गर्दा, यसमा रहेको Combined Charging Unit ले ११ kW सम्मको AC चार्जिङ सपोर्ट गर्छ भने १३० kW सम्मको DC फास्ट चार्जिङ सुविधा समेत उपलब्ध छ। स्मार्ट थर्मल प्रि-कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ गति र ब्याट्रीको आयु दुवैलाई प्रभावकारी बनाउँछ।

गाडीको इन्टेरियर पनि विशेष छ। यसमा मोका रङको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, दुई-जोन अटोमेटिक एसी र १२ स्पिकरयुक्त Harman Kardon साउन्ड सिस्टम जस्ता लक्जरी फिचरहरू समावेश छन्।

सुरक्षा पक्षमा पनि बीएमडब्ल्यू iX2 सुसज्जित छ। गाडीमा एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्डसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक, इन्टेग्रेटेड ब्रेकिङ सिस्टम, ड्राइभ अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्ट जस्ता अत्याधुनिक सुरक्षा र सहायक प्रणालीहरू समावेश छन्, जसले सहरको ट्राफिक र लामो दूरीको यात्रा दुवैलाई सुरक्षित र सहज बनाउँछ।

तीनकुनेस्थित अत्याधुनिक शो-रूममार्फत लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्ल्यूका X1, X2, X3, X4, X7, iX1, iX3 (ब्याट्री इलेक्ट्रिक), 5 Series (प्लग-इन हाइब्रिड), X5 (प्लग-इन हाइब्रिड) र 7 Series जस्ता मोडलहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit