Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

हाइड्राे र बैंक चम्किदा पाँचौंदिनपछि नेप्सेमा हरियाली

हाइड्राे र बैंक चम्किदा पाँचौंदिनपछि नेप्सेमा हरियाली
विज्ञापन
Advertisement

काठमाडाैं । शेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता प्यानिक बनिरहेको अबस्थामा कारोबारको पाँचौं दिन आइपुग्दा नेप्से सूचक दोहोरो अंकले बढ्न पुगेको छ । यो साताको सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २ हजार ६५३.०९ विन्दुमा आइपुगेको छ । यो २० जेठदेखि निरन्तर भारी अंकले घट्दै आइरहेका थियो।

विज्ञापन
Advertisement
Advertisement

आज नेप्से सूचक बढ्नुमा जलविद्युत समूह र बैंक तथा वित्तीय क्षेत्र चम्किदा बजार हरियाली बनेको हो । वाणिज्य बैंक समूहको, विकास बैंक समूह र फाइनान्स समूहको सूचक सामन्य बढ्दा अन्य बजार बढ्न मदत पुगेको देखिन्छ । यो दिन जलविद्युत समूहको सूचक २.४७ प्रतिशतले बढ्न पुगेको थियो। नेप्से सूचक बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन आइतबार ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो भने यो दिन ८ अर्ब ६८ करोड रुपैयाँको मात्र कारोबार हुन सकेको हो ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, युनिर्भसल पावर कम्पनी,बुटवल पावर कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्टको ३९ करोड रुपैयाँदेखि ६२ करोड २८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

४ कम्पनीको शेयर मूल्यमा सर्किट
सोमबार जलविद्युत समूहका अन्तर्गतका पाँचवटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो पावर, पियोर इनर्जी, डोल्टी पापर कम्पनी, विन्धवासिनी हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। बढेको बजारमा भुगोल इनर्जी,मिथिला लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक,मानुषी लघुवित्त वित्तीय संस्था, नेडेप लघुवित्त वित्तीय संस्थाको २.८५ प्रतिशतदेखि ७.४७ प्रतिशतले घटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit