Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बर्खा लागेसँगै हरियाे तरकारीकाे मूल्य बढ्याे, कुन तरकारीकाे कति छ मूल्य ?

बर्खा लागेसँगै हरियाे तरकारीकाे मूल्य बढ्याे, कुन तरकारीकाे कति छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार थोक बजारमा उपलब्ध हुने तरकारी र फलफूलको अधिकतम मूल्य निर्धारण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली/भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) रु ८०, र टनेल उत्पादन रु १०० तोकिएको छ। आलु रातोको मूल्य नेपाली आलुका लागि रु ४०, भारतीय रु ३५, र मुडे आलुका लागि रु ३८ निर्धारण गरिएको छ। प्याज (भारतीय) प्रतिकिलो रु ४२ र गाजर (लोकल) रु ७० तथा तराई उत्पादन रु ५० कायम गरिएको छ।

त्यस्तै, काउली प्रतिकिलो रु ७०, बन्दा रु २२, मूला सेतो (लोकल) रु ३४, भन्टा लाम्चो रु ७० र डल्लो रु ४०, बोडी (तने) रु ४० र मकै बोडी रु ७० रहेको छ।

अन्य तरकारीमा मटरकोसा रु १५०, घिउ सिमी (लोकल/हाइब्रिड) रु ५०, राजमा रु १२०, भटमास कोसा रु १४०, तीतो करेला रु ५५, लौका रु ५०, परबर (लोकल/तराई) रु ५५, चिचिण्डो रु ४०, झिगुनी रु ६०, फर्सी (पाकेको) रु ४५, हरियो फर्सी (लाम्चो) रु ३८, डल्लो रु ३० र भिण्डी रु ४० प्रतिकिलो रहेको छ।

जरा र सागसब्जीमा सखरखण्ड रु ७०, पिँडालु रु १२०, स्कूस रु ७५, रायो साग रु ४०, पालुङ्गो साग रु ४५, तोरीको साग रु ३५, च्याउ (कन्य) रु २००, डल्ले च्याउ रु ३००, कुरिलो रु ३००, निगुरो रु ३०, ब्रोकाउली रु ८०, चुकुन्दर रु ८०, रातो बन्दा रु ७०, जिरीको साग रु १००, ग्याठकोभी रु ६०, सेलरी रु १२०, सौफ साग रु १००, पुदिना रु ११०, गान्टेमूला रु ५०, इमली रु १७०, तामा रु १००, तोफु रु १४०, र गुन्द्रुक रु ३५० रहेको छ।

फलफूलतर्फ, स्याउ (झोले) रु २५०, फुजी स्याउ रु ३००, केरा (दर्जन) रु १५०, कागती रु १७०, अनार रु ३५०, आँप (माल्द) रु ६५ र दशहरी रु ७५, अङ्गुर (हरियो) रु २५० र कालो अङ्गुर रु ३५०, तरबुजा रु ४०, मौसम रु २००, जुनार रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) रु ६० र हाइब्रिड रु २०, रुखकटहर रु ६५, मेवा (भारतीय) रु ११०, लिची (लोकल) रु १४० र भारतीय लिची रु २२० प्रतिकिलो रहेको छ।

मसला र अन्य उपजमा अदुवा रु ११०, खुर्सानी (सुकेको) रु ४२०, हरियो खुर्सानी सामान्य रु ४०, बुलेट खुर्सानी रु ४०, माछे खुर्सानी रु ५५, अकबरे खुर्सानी रु ३००, भेडेखुर्सानी रु १००, हरियो धनियाँ रु ४०, लसुन (चाइनिज) रु २२० र नेपाली लसुन रु १८०, छ्यापी (सुकेको) रु २०० र हरियो रु १२० तोकिएको छ।

माछामा रहु माछा रु ३३०, बचुवा रु ३२०, छडी रु २४०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु ९०० प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।

कालीमाटी बजार समितिले दैनिक रूपमा तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गर्दै आएको छ, जसले थोक व्यापारीहरूलाई सन्तुलित मूल्य निर्धारणमा सहयोग पुर्‍याउँछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit