Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेडिसिटी अस्पतालद्वारा पहिलो पटक ५६ वर्षीय व्यक्तिमा सफल कलेजो प्रत्यारोपण

मेडिसिटी अस्पतालद्वारा पहिलो पटक ५६ वर्षीय व्यक्तिमा सफल कलेजो प्रत्यारोपण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल मेडिसिटी अस्पतामा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । जेठ ६ गते पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएपछि पहिलो पटक प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्कीलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दिएका थिए । मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कार्कीको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो ।

मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले मेडिसिटी अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिँदै पहिलो प्रयासमै सफलता पाएकोमा खुशी व्यक्त गरे ।

बिहीबार पत्रकार सम्मेलन मार्फत डा. उमिद कुमार श्रेष्ठले भने, ‘यो हाम्रो लामो प्रयास हो, निकै मिहिनेतपछि हामी सफल भएका छौं ।’ ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा.श्रेष्ठले अब कलेजो प्रत्यारोपणका लागि नेपालीहरूले विदेश गइरहनु नपर्ने बताए । ६ वर्ष अगाडिदेखिको मिहिनेत सफल भएको उल्लेख गर्दै उनले नेपाली स्वास्थ्य क्षेत्रकै लागि कोशेढुंगा सावित भएको बताए ।

उनका अनुसार कार्कीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ । ‘ कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छोड्दा समस्या आएको थियो । कार्कीको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ ।’

कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले अस्पतालका सबै कर्मचारीको सहयोगले ठूलो सफलता हात पार्न सकेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit