Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मानव बेचबिखन बन्द गर’ लेखिएको रिबनसहित संसदमा रास्वपा सांसदहरू

मानव बेचबिखन बन्द गर’ लेखिएको रिबनसहित संसदमा रास्वपा सांसदहरू
विज्ञापन
Advertisement

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू मानव बेचबिखनविरुद्धको सन्देश बोकेको रिबन लगाएर प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। ‘मानव बेचबिखन बन्द गर – स्टप ह्युमन ट्राफिकिङ’ लेखिएको खादा लगाउँदै उनीहरूले संसदमा विरोध प्रदर्शन गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आशंका व्यक्त गर्दै निरन्तर प्रश्न उठाउँदै आएका छन्। सोही विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै उनीहरूले संसदको ध्यानाकर्षण गराइरहेका छन्।

रास्वपा सांसदहरूले विरोधको स्वर तेस्र्याउँदै पनि त्यसलाई रचनात्मक ढंगले अघि बढाउन खोजेको देखिएको छ। खादा लगाएर संसदमा शान्तिपूर्ण रूपमा उपस्थित भई मुद्दाको गम्भीरता जनाउँदै उनीहरूले मानव तस्करीजस्तो संवेदनशील विषयलाई उठाएका हुन्।

यसअघि पनि रास्वपाले भिजिट भिसाको नाममा भइरहेको अवैध मानव ओसारपसार र सोमा संलग्न हुन सक्ने व्यक्तिहरूप्रति छानबिन गर्न माग गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit