काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। उपभोक्तालाई सन्दर्भका लागि अधिकतम मूल्य निर्धारण गर्दै समितिले दैनिक उपभोग्य कृषिजन्य सामग्रीको मूल्य सूची जारी गरेको हो।
आज गोलभेँडाको मूल्यमा विभिन्न भेराइटीअनुसार फरक देखिएको छ। नेपाली ठूला गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, भारतीय गोलभेँडा १०० रुपैयाँ, स्थानीय साना गोलभेँडा ३० रुपैयाँ, र टनेलमा उत्पादित साना गोलभेँडा ४८ रुपैयाँमा निर्धारण गरिएको छ।
आलुमा पनि भेराइटीअनुसार फरक मूल्य तोकिएको छ। भारतीय रातो आलु ३५ देखि ४३ रुपैयाँ प्रतिकिलोमा बिक्री हुने छ भने मुडे रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँमा उपलब्ध हुनेछ। प्याज (भारतीय) को मूल्य ४२ रुपैयाँ प्रतिकिलो तोकिएको छ। गाजर स्थानीय ८० रुपैयाँमा र तराईबाट ल्याइएको गाजर ४५ रुपैयाँमा पाइनेछ।
काउली, बन्दा, भिण्डी, फर्सी, लौका, झिगुनी, घिरौला, करेला, सिमी लगायत दैनिक उपभोग्य तरकारीको मूल्य पनि निर्धारण गरिएको छ। बन्दा ३२, काउली ६०, भिण्डी ४०, फर्सी ४५, लौका २५, करेला ३५ र झिगुनी ५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।
हरियो सागसब्जीहरू जस्तै रायो साग ४०, पालुङ्गो साग ४५, तोरीको साग ३०, जिरी साग १०० र सौफको साग ११० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। च्याउ कन्य १६० र डल्ले ३७० रुपैयाँमा तोकिएको छ भने कुरिलोको मूल्य ३०० रुपैयाँ तोकिएको छ।
फलफूलमा स्याउ झोले २५०, फुजी स्याउ ३००, केरा दर्जनको १५०, कागती १७०, अनार ३५०, आँप माल्द ७०, दशहरी ८०, अङ्गुर हरियो २५०, कालो ३५०, तरबुजा ४०, जुनार २५०, लिची १९० र मेवा ११० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।
मसलाजन्य वस्तुहरूमा अदुवा ११०, हरियो खुर्सानी ४५, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ७०, धनियाँ ४०, लसुन नेपाली १७०, चाइनिज लसुन २००, छ्यापी हरियो १२०, सुकेको २०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने भएको छ।
ताजा माछा पनि आजको सूचीमा समावेश गरिएको छ। रहु माछा ३३०, बचुवा ३२० र छडी माछा २५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।
बजार समितिका अनुसार मूल्य निर्धारण गर्दा आपूर्ति अवस्था, मौसमी उत्पादन, आयात निर्भरता, गुणस्तर तथा मागको आधारमा गणना गरिन्छ। उपभोक्तालाई सहजता र व्यापारमा पारदर्शिता कायम गर्न दैनिक थोक मूल्य निर्धारण गरिने गरिएको समितिले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्