Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तेहरानमा रहेका नेपाल र श्रीलङ्काका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने

तेहरानमा रहेका नेपाल र श्रीलङ्काका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने
Smoke billows from a site in the city of Haifa on June 16, 2025, following a fresh barrage of Iranian missiles. Israel's military warned on June 16 of a new missile salvo incoming from Iran, as AFP journalists reported loud explosions in Jerusalem and fires outside the coastal city of Haifa. "A short while ago, the IDF identified missiles launched from Iran toward the territory of the State of Israel," the army posted on Telegram, using the acronym for its official name. (Photo by Ahmad GHARABLI / AFP)
विज्ञापन
Advertisement

एजेन्सी । इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धार गर्नेछ,’ इरानस्थित भारतीय दूतावासले लेखेको छ। इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ’अपरेसन सिन्धु’ अन्तर्गत अहिलेसम्म ५१७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्केका छन् । जयसवालका अनुसार इरानबाट भारतीयहरूलाई लिएर एक विशेष विमान जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट नयाँ दिल्ली आइपुगेको थियो।

एक्समा जयसवालले लेखेका , ‘अपरेसन सिन्धु जारी छ । तुर्कमेनिस्तानको अश्गाबातबाट एक विशेष उद्धार उडान जुन २१ को बिहान ३ बजे नयाँ दिल्लीमा अवतरण गरेको थियो। हालसम्म इरानबाट ५१७ जना भारतीय नागरिक ’अपरेशन सिन्धु’ अन्तर्गत स्वदेश फर्किएका छन् ।’

इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ । गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक विशाल हवाई आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो।

त्यसको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड कोर ९आइआरजिसी० ले इजरायली लडाकु विमान इन्धन उत्पादन केन्द्र र ऊर्जा आपूर्ति केन्द्रलाई लक्षित गरी ‘अपरेसन ट्रु प्रोमिस ३’ नामक ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit