Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ नाघ्यो, चाँदी पनि उच्च विन्दुमा

सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ नाघ्यो, चाँदी पनि उच्च विन्दुमा
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले तीन लाख रुपैयाँ पार गर्दै ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार मात्र सुनको मूल्य इतिहासकै उच्च दरमा कारोबार भएको थियो। सो दिन सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँ निर्धारण भएकोमा बिहीबार सुन रेकर्ड मूल्यबाट केही सस्तिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार दुई हजार नौ सय रूपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज एकैदिन प्रतितोला नौ हजार दुई सय रुपैयाँले महँगिएर नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार उपभोक्ताले आज एक तोला सुन खरिद गर्नलाई तीन लाख एक हजार चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । शुक्रबारका लागि महासंघले तय गरेको सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदी पाँच हजार ८८० रुपैयाँमा किनबेच भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीकोमूल्य पनि पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit