Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?

सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार देखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘२०७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।’

उनले पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै आफूले भागबण्डाको राजनीति गर्दिन भनेर भनेको स्मरण गरे । तर कांग्रेसले त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानेको उनको गुनासो छ ।
‘मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन । मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।’

उनले २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो । फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो यो कस्तो राजनीति थियो ?भन्दै प्रश्न गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit