Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन् ?

आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन् ?
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२-८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सूची सार्वजनिक गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना रहेको जानकारी दिएको हो ।

साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिंचित गर्ने, १०० कि.मि. सडक निर्माण र ३०० कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटा÷स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो ।

त्यसैगरी, उपत्यकाका नदि, खोला करिडोरमा १० कि. मि. सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका योजनाका बारेमा बोल्दै मन्त्रालयका सहसचिव नारायण प्रसाद मैनालीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई समेत प्रमुख प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए ।

उनले उपत्यकाका ४ स्थान– जितपुर फेदि, डुकुछाप, इशान नयाँ शहर, ताथबी चलाबु मा जग्गा एकिकरणको भौतिक विकास योजना स्विकृति भई जग्गा विकास कार्य सुरु गर्नुका साथै उपत्यकाको ब्यवस्थित शहरीकरणका लागि हरियाली प्रवर्दन, सचेतना, आकासे पानी संकलन, वन तथा पोखरी संरक्षण गरिने पनि जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit