Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत

उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत
विज्ञापन
Advertisement

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ ।

निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो । नेपालको तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् भने उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit