Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुग्यो

सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन ११ सय रुपैयाँले बढेको सुन तोलाको दुई लाख रुपैयाँ नजिक पुगेको हो । यो सँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भई नयाँ कीर्तिमान बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit