Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

६ करोडमा आधारभूत अस्पतालको पूर्वाधार निर्माण, जनशक्ति र बजेट अभावले सञ्चालनमा आएन

६ करोडमा आधारभूत अस्पतालको पूर्वाधार निर्माण, जनशक्ति र बजेट अभावले सञ्चालनमा आएन
विज्ञापन
Advertisement

भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन् । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन् ।

विज्ञापन
Advertisement
Advertisement

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए । सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब ६ करोड रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएको हो ।

‘बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ’, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने । स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ ।

सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ । लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए । उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ ।

‘अस्पताल सञ्चालका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ’, उनले भने, ‘यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न ८० लाख विनियोजन गरेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit