Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उत्पादनमुखी बालीमा अनुदान पाएपछि एक वर्षमा ६५ करोड बढीको कृषि उत्पादन

उत्पादनमुखी बालीमा अनुदान पाएपछि एक वर्षमा ६५ करोड बढीको कृषि उत्पादन
विज्ञापन
Advertisement

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनर्भिर बन्दै गएको जिल्लामा कृषिजन्य वस्तुको निर्यातबाट ६५ करोडभन्दा बढी रुपैयाँ भत्रिएिको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा ६५ करोड ३० लाख ४७ हजारको कारोबार भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तला जातका फलफूलको बिक्रीबाट जिल्लाभरका किसानले उक्त कारोबार गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यहाँबाट मुख्यतया आलु र सुन्तला बढी मात्रामा निर्यात हुने गर्छ भने धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ उत्पादन गरी बिक्री गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीका अनुसार गत आवमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको छ । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, जौँ ५४ मेट्रकि टन, फापर एक सय मेट्रकि टन, कोदो सात हजार ८५० मेट्रकि टन, दलहन बाली पाँच सय २७ मेट्रकि टन उत्पादन भएको थियो। जिल्लाभर तेलहन बाली तीन सय ६२ मेट्रकि टन, आलु २० हजार ३३० मेट्रकि टन, तरकारी १२ हजार ६१० मेट्रकि टन, सुन्तला चार हजार १५ मेट्रकिटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूल गत आवमा १३ हजार ३०७ मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आलुबाट गत आवमा सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट ११ करोड, सुन्तलाबाट २४ करोड ८४ लाख, मौरीको महबाट चार करोड ५० लाख, अलैँचीबाट एक करोड ८१ लाख रुपैयाँ भित्रिएको छ । यस्तै धान, कोदो र मकैसमेत उल्लेख्य मात्रामा निर्यात भएको केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले पछिल्लो आर्थिक वर्षहरुमा उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउँदै लगेको जनाएको छ । यसका लागि किसानलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतशितसम्म अनुदान तिवरण गरेको छ । केन्द्रले गत आवमा चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ ।

केन्द्रले गत वर्ष दुई सय तीनवटा मिनी पावरटलिर, २५ वटा कुटानी पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाईका लागि  पाँच हजार ९३५ मटिर लामो पाइप, सात सयवटा हलिट्याङ्क र तीन सय ६७ मटिर लामो कुलो मर्मतका लागि पनि अनुदान वितरण गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यान्त्रिक उपकरणले किसानहरुई लागत र समय घटाएको कार्यालयले जनाएको छ ।

पर्वतमा सञ्चालति मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना, परम्परागत बाली प्रवर्द्धन आयोजना, तरकारी, खाद्यान्न, फलफूल विकास प्रवर्द्धन आयोजनाजस्ता कार्यक्रम प्राथमकितामा राखेर सञ्चालन गरिएको थियो । वर्षभरिमा दुई सय ८५ स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालयले गत आवमा वित्तीय प्रगति ८० प्रतिशत र भौतिक प्रगति ८० दशमलव ७५ प्रतिशत गरेको जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आवका लागि पाँच करोड ६४ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन भएको छभने सङ्घ सशर्ततर्फ २१ लख ४३ हजार बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit