Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रासायनिक मल अभावबारे प्रधानमन्त्रीले कृषिमन्त्रीसहित अधिकारीसँग छलफल गर्ने

रासायनिक मल अभावबारे प्रधानमन्त्रीले कृषिमन्त्रीसहित अधिकारीसँग छलफल गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

छलफलका लागि प्रधानमन्त्रीले मंगलबार दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको उनको सचिवालयले जनाएको छ ।

किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सरोकारवालासँग बसेर छलफल गर्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले खेतीपातीको समय सुरु हुनु अगावै मलको व्यवस्था गरी किसानलाई सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । मल अभावको समस्या समाधान गर्न नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन समेत कृषि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit