Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने

विज्ञापन
Advertisement

काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ ।

आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कफ्र्यु आदेश लागू हुने सेनाले जानकारी दिएको छ ।
नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कफ्र्यु आदेश र निषेधाज्ञा पालना गर्न सेनाले सबैलाई आग्रह समेत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit