Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक
विज्ञापन
Advertisement

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले महाकाली नदी क्षेत्रमा थप पुल निर्माण गर्न भारतको लिखित सहमति आवश्यक पर्ने बताएका छन्। दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका साम्पाङले परराष्ट्र मन्त्रालयमार्फत यस विषयमा पटक–पटक पहल भइरहेको जानकारी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतको लिखित सहमति प्राप्त भएपछि मात्रै महाकाली क्षेत्रमा थप पुल निर्माण सम्भव हुने बताए। साम्पाङले दार्चुलाको दुम्लिङ क्षेत्र अत्यन्त विकट रहेको उल्लेख गर्दै सडक र सञ्चार पूर्वाधार अझै पर्याप्त नभएको बताए। नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास भइरहेको जानकारी आफूले पाएको उनले बताए।

तिङ्कर क्षेत्रमा नेपालीतर्फ सडक नहुँदा स्थानीय बासिन्दा भारतीय भूभाग प्रयोग गरेर आवतजावत गर्न बाध्य रहेको उल्लेख गर्दै उनले नेपाली भूभागमै सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

सरकारको कामबारे प्रतिक्रिया दिँदै साम्पाङले सरकारले प्रयास गरे पनि त्यसको परिणाम नागरिकले पर्याप्त रूपमा महसुस गर्न नसकेको टिप्पणी गरे। उनले महँगी नियन्त्रणका लागि अझ प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

साइबर कानुन संशोधनबारे उनले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने कानुन लोकतन्त्रको मर्मविपरीत हुने बताए। तथ्य र प्रमाणका आधारमा सरकारको आलोचना तथा विरोध गर्न पाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएकाले त्यस्तो अधिकार कुण्ठित हुने व्यवस्था गर्न नहुने उनको भनाइ थियो।

झोलुङ्गे पुल निर्माणको श्रेयबारे साम्पाङले विकास निर्माण सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्दै राम्रो कामको जस सबैले लिनुपर्ने र कमजोरीको जिम्मेवारी पनि सबैले साझा रूपमा वहन गर्नुपर्ने धारणा व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit