Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

कालीगण्डकी करिडोर विस्तार सुरु, पहाड फुटाउन बिस्फोटक प्रयोग

कालीगण्डकी करिडोर विस्तार सुरु, पहाड फुटाउन बिस्फोटक प्रयोग
विज्ञापन
Advertisement

म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सडक विस्तारका लागि बिस्फोटक पदार्थको प्रयोग गरी पहाड काट्ने काम सुरु गरिएको छ। महभिर र भिरकाटे क्षेत्रमा सडक फराकिलो पार्ने काम अघि बढाइएको हो।

विज्ञापन
Advertisement
Advertisement

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका अनुसार कालीमाता–थापाकाजी–रसुवा जेभीसँग रु सात करोड सात लाख ७४ हजारको लागतमा ठेक्का सम्झौता गरी सडक विस्तारको काम सुरु गरिएको हो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कडा चट्टानी पहाड भएकाले सडक विस्तारका लागि बिस्फोटक पदार्थ प्रयोग गरी ड्रिलिङमार्फत पहाड काट्ने काम गरिएको हो। करिब ७०० मिटर खण्डमा हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको सडकलाई ११ मिटर चौडाइमा दुई लेनको ढलानसहितको सडक बनाउने लक्ष्य राखिएको छ।

विसं २०६४ मा नेपाली सेनाले मार्ग खोलेको यो क्षेत्रमा हाल मालवाहक र यात्रुवाहक सवारीसाधनले आलोपालो गरेर आवतजावत गर्नुपर्ने अवस्था छ। दुईतर्फी यातायात सञ्चालन कठिन भएकाले सडक विस्तारलाई प्राथमिकता दिइएको हो।

आर्थिक स्रोत अभावका कारण सुरुङ मार्गको विकल्प अघि बढाउन नसकिएपछि पहाड काटेर सडक विस्तार गर्ने निर्णय गरिएको आयोजना कार्यालयले जनाएको छ। सम्भव भएका स्थानमा कालीगण्डकी किनारमा पक्की पर्खाल लगाउने र अन्य ठाउँमा पहाड फुटाउने काम भइरहेको छ।

२०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकअन्तर्गत विभिन्न खण्डमा पहिरो रोकथामको काम पनि जारी छ। चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा करिब रु २६ करोडको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit