Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बडादशैंको टीकाको उत्तम साइत १६ गते बिहान ११ः५३ बजे

बडादशैंको टीकाको उत्तम साइत १६ गते बिहान ११ः५३ बजे
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिले विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत निकालेको छ । यस्तै टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने उल्लेख छ ।

यस्तै, २०८२ सालको बडादशैं सुरुवात असोज ६ गतेदेखि हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले आज जारी गरेको सूचनामा असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत, असोज ११ गते शनिबार श्री पचलीभैरव यात्रा, असोज १३ गते सोमवार (फूलपाती, तुलजाभवानी यात्रा बिहान ७ः १७ बजे, स्थिरासन बिहान ९ः२३ बजे रहेको छ ।
यस्तै, असोज १४ गते मंगलबार महाष्टमी, कालरात्री, असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजया दशमी रपरेको छ ।

दशैंको टीका ग्रहणका लागि यो साल बिहान ११ः ५३ बजे उत्तम साइत जुरेको हो । असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit