Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

काफ्लेले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्बाट आजको दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए ।

‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit