Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

‘आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं’

‘आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं’
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ लाई सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले कोष स्थापनाबारे बताएका हुन् । उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिँदै ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको बताए ।

मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान ‘माउन्ट एभरेष्ट’ को रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राखे। यस्तै उनले भारत र चीनबाट मात्र उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit