Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दूध बिक्री गरेर मासिक एक लाख आम्दानी गर्दै पाण्डेय

दूध बिक्री गरेर मासिक एक लाख आम्दानी गर्दै पाण्डेय
विज्ञापन
Advertisement

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आएका थिए । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उनले पुनःरोजगारीका लागि दुबई जाने निधो गरे । यसका लागि टिकट समेत तय भइसकेको थियो । तर कोभिड सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनको दुबई जाने सपना पूरा भएन ।

विज्ञापन
Advertisement
Advertisement

वैदेशिक रोजगाजारीमा जान नसकेपछि उनले जीविकोपार्जनका लागि स्वदेशमै केही गर्ने उपाय खोज्नथाले । सो क्रममा उनले ३० हजारमा एउटा गाई खरिद गरेर पशुपालन थाले । ‘रोजगारी भएन कोभिडले वैदेशिक रोजगारीमा समेत जान पाइएन त्यसपछि जीविकोपार्जनका लागि केही गर्नुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘त्यसबेला दूधको माग बढी थियो त्यही भएर मैले गाई पाल्न सुरु गरे माग धेरै आउन थालेपछि छ महिनापछि अर्को गाई थप गरे ।’

दूध बिक्री गरेरै छ महिनामा गाई किनेको रकम असुल भएपछि उनलाई स्वदेशमै पनि दूध बिक्री गरेर आम्दानी गर्न सकिने रहेछ लाग्यो। गाईको दूधभन्दा भैँसीको दूधको माग बढी आउन थालेपछि उनले व्यावसायिक रुपमा भैँसीपालन पनि गर्न थाले। सुरुआतमा तीन भैँसी खरिद गरेर भैँसीपालन सुरु गरेका उनको फार्ममा अहिले सानाठूला गरी ३२ वटा भैँसी छन् । ‘छ महिनामै गाई किनेको रकम असुल भएपछि थप अर्को गाई थपे त्यसपछि पनि दूधको धेरै माग आउन थाल्यो गाईको भन्दा भैँसीको दूध खोज्ने धेरै आए’, पाण्डेयले भने, ‘त्यसपछि मैले तीन वटा भैँसी ल्याएर भैँसीपालन सुरु गरे दूधको माग धेरै आउन थालेपछि हरेक वर्ष भैँसी थप्दै गए ।’ अहिले दुई पटक दूध दिने पाँच वटा र बिहान एक पटक दूध दिने सात वटा भैँसीबाट दैनिक ४० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । उनले भैँसीपालन गरेर तीन जनालाई रोजगारी समेत दिँदै आएका छन् ।

उनको काममा उनकी श्रीमती सरस्वती पाण्डेयले साथ दिँदै आएकी छिन् । ‘अहिलै दैनिक ४० लिटरसम्म दूध बिक्री हुने गरेको छ, प्रतिलिटिर ९० रुपैयाँका दरले गाउँ घरमै दूध बिक्रि हुने गरेको छ । भैँसीपालनबाट आएको आम्दानीले नै छोराछोरीको पढाइ खर्च र जीविकोपार्जन भइरहेको छ । उनका छोरा सिभिल इञ्जिनियरिङ र छोरी एमबिबिएसमा अध्ययनरत छन् । ‘ग्राहकले माग गरे अनुसार घरमै दूध उपलब्ध गराउँछौँ, उनले भने, ‘दूध बिक्रीबाटै छोराछोरीको पढाइ खर्च र घरको जोहो गर्दै आएका छौँ ।’

दूध मात्रै होइन पाण्डेय दम्पतीले गोबर मलबाट र पाडापाडी बिक्रीबाट समेत आम्दानी गर्दै आउनुभएको छ । ‘दूध बिक्रिबाट वार्षिक १२ लाख आम्दानी हुन्छ, तीन लाखको गोबर मलबाट आम्दानी हुन्छ । सबै गरेर वार्षिक १६ लाखसम्म आम्दानी हुने गरेको छ ।’ आफ्नै एक बिघा जग्गामा भैँसी फार्म सञ्चालन गरेका उनले भैँसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिघा क्षेत्रफल जमिन भाडामा लिएको बताए ।

‘अहिलेसम्म फार्ममा मैले ६५ लाख लगानी गरिसकेको छु तीन जनालाई रोजगारी दिएको छु, छ बिघा जग्गा प्रतिबिघा वार्षिक ३० हजारका दरले भाडामा लिएको छु, उनले भने, ‘दुई बिघा जग्गामा घाँस र बाँकी जग्गामा अन्न लगाएको छु ।’ भैँसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले स्वदेशमै मेहनत गरे घाटा नहुने उनको भनाइ छ ।

विदेशकोभन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारीस्तरबाट पर्याप्त सहयोग हुन नसकेको उनले गुनासो गरे । उनले दूध बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको बताउँदै वास्तविक किसानलाई राज्यले सहयोग गर्नसके स्वदेशमै मेहनत गर्नेहरुलाई सहयोग पुग्ने धारणा राखे । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit