Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको कायरोमा एकैसाथ आफ्ना नौ वटा नयाँ मोडेलका गाडी सार्वजनिक गरेको छ। एक विशेष समारोहमा ‘पूर्वी हावा अनन्त संसार’ भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो।

उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए। प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।

यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दैआधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरागर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ।नौ वटा मोडेलको यसलन्चले कम्पनीले परम्परागत र न्यूइनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको छ।

यस लन्च कार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र इजिप्टको अटो मोबाइल बजारसँग अझ बलियो सम्बन्ध बनाउने सेतुको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit