Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

असारका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर स्थिर, व्यक्तिगततर्फ औसत ४.२७ प्रतिशत कायम

असारका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर स्थिर, व्यक्तिगततर्फ औसत ४.२७ प्रतिशत कायम
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले आगामी असार महिनाका लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको विवरण अनुसार अधिकांश बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवैतर्फको मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र निक्षेप सङ्कलनमा बैंकहरूबीच प्रतिस्पर्धा कम हुँदै गएका कारण ब्याजदर घट्ने क्रम जारी रहेको हो। पछिल्लो समय बैंकहरूमा निक्षेपको वृद्धिदर सन्तोषजनक रहे पनि कर्जाको माग अपेक्षाकृत रूपमा कमजोर देखिएकाले कतिपय बैंकहरूले ब्याजदर घटाउँदा धेरैजसोले भने स्थिर राखेका छन्।

बैंकहरूले ब्याजदर परिमार्जन गरेसँगै वाणिज्य बैंकहरूको औसत ब्याजदरमा केही गिरावट आएको छ। असार महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर व्यक्तिगत तर्फ ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठ महिनामा ४.३४ प्रतिशत रहेको थियो।

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि घटेर ३.१८ प्रतिशत कायम भएको छ। यसअघि जेठ महिनामा यस्तो ब्याजदर औसत ३.२० प्रतिशत रहेको थियो। असार महिनाका लागि ब्याजदर सार्वजनिक गर्ने २० वाणिज्य बैंकहरूमध्ये ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन्।

मुख्य गरी एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतले असारका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउँदा अन्यले स्थिर राखेका हुन्।

बैंकहरूले सार्वजनिक गरेको तालिका अनुसार विभिन्न बैंकहरूको अधिकतम ब्याजदर ४.०५ प्रतिशतदेखि ४.७५ प्रतिशतको हाराहारीमा सीमित राखेका छन्।

वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको अधिकतम ब्याजदर तालिका
वाणिज्य बैंकहरू (Commercial Banks) वैशाख मुद्दतीको अधिकतम ब्याजदर (%) जेठमा मुद्दतीको अधिकतम ब्याजदर (%) असारमा मुद्दतीको अधिकतम ब्याजदर (%)
सिद्धार्थ बैंक ४.०५ ४.०५ ४.०५
एभरेस्ट बैंक  ४.०५ ४.०५ ४.०५
कुमारी बैंक  ४.०५ ३.९६ ३.९६
स्ट्यान्डर्ड चार्टर्ड बैंक  ४.१ ३.९५
सिटिजन्स बैंक इन्टरनेसनल  ४.१५ ४.१ ४.१
प्राइम कमर्सियल बैंक   ४.१५ ४.१५
कृषि विकास बैंक  ४.१५ ४.१५ ४.१५
नेपाल एसबीआई बैंक ४.२५ ४.२५ ४.२५
हिमालयन बैंक ४.५ ४.२५
नेपाल बैंक ४.५ ४.२५ ४.२५
ग्लोबल आइएमई बैंक ४.५ ४.५ ४.५
माछापुच्छ्रे बैंक  ४.५ ४.५ ४.५
लक्ष्मी सनराइज बैंक  ४.५ ४.५ ४.५
सानिमा बैंक ४.५ ४.५ ४.५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  ४.५ ४.५ ४.५
प्रभु बैंक ४.५५ ४.५५ ४.५५
नबिला बैंक  ४.५५ ४.५५ ४.५५
एनआईसी एसिया बैंक  ४.७५ ४.५
राष्ट्रिय वाणिज्य बैंक  ४.७५ ४.७५ ४.७५
एनएमबि बैंक  ४.९ ४.८ ४.७५

स्रोत : बैंकहरुले सार्वजनिक गरेको विवरण 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit