Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सुनकोशी मरिण र भेरी बबईमा म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं : मन्त्री घिसिङ

सुनकोशी मरिण र भेरी बबईमा म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं : मन्त्री घिसिङ
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उर्जा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले आज छलफल गरेर उक्त ठेक्का तोडेर नयाँ लगाउनुको विकल्प नभएको बताए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गर्ने मुख्य उद्देश्यले निर्माणाधिन आयोजनामा भएको अस्वाभाविक ढिलाइप्रति सबै पक्षलाई गम्भीर मन्त्री घिसिङले आग्रह गरे ।

आयोजना निर्माणमा भएको ढिलाइप्रति एकले अर्को पक्षलाई दोष देखाएर बसेको उल्लेख गर्दै उनले भने, ‘निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ?’ उनले आयोजना निर्माणमा गरिएको ढिलाइका कारण निर्माण लागत बढ्दा राज्यलाई अर्बौ रुपैयाँको आर्थिक भार थपिएको प्रति चिन्ता व्यक्त गरे । मन्त्री घिसिङले प्रश्न गरे, ‘राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ । आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?’

दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन् । बाँध निर्माण र विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना लम्बिएको छ । हाल तराइका नागरिकले आयोजनाबाट लाभ उठाइसक्नुपर्ने समयमा पनि आयोजना अलपत्र हुनुले निर्माण व्यवसायीको नियत काम पूरा नगर्ने प्रस्ट पारेको उल्लेख गर्दै मन्त्री घिसिङले थपे, ‘यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं ।’

२०७६ साउनमा गङ्दोङ युतियान-रमण जेभीसँगठेक्का सम्झौता भएको भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । हाल आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ ।

यस्तै पटेल-जेभीले ठेक्का पाएको सुनकोशी मरिण आयोजनाको झन्डै ६० प्रतिशत समय सकिँदा बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत मात्र रहेको छ । पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ साल माघमा ठेक्का सम्झौता गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit