Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

विशाल बजारको साधारण सभा रोक्का गर्न उच्च अदालत पाटनको आदेश

विशाल बजारको साधारण सभा रोक्का गर्न उच्च अदालत पाटनको आदेश
विज्ञापन
Advertisement

काठमाडाैं । एक दशकपछि साधारणसभा संचालन गर्न लागेको विशाल बजार कम्पनीलाई उच्च अदालत पाटनले रोकिदिएको छ ।किशोर लोहियाले कम्पनीलाई विपक्षी बनाउँदै हालेको मुद्दामा उच्च अदालत पाटनले साधारणसभा रोक्न आदेश दिएको हो । कम्पनीले भोलि फागुन २८ गतेका लागि साधारणसभा बोलाएको थियो ।कम्पनीले सेयरधनीको लगानीको मूल्यांकन नगरी आफूहरुलाई अलग राखेर साधारणसभा सञ्चालन गर्न लागेको भन्दै निवेदकले उपयुक्त आदेश जारी गरी पाउँ भन्दै मुद्दा दायर गरेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

साथै अदालतले कम्पनीसँग यस विषयमा आधिकारिक जानकारी माग गरेको छ । निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो ?आधार, कारण र प्रमाण भए सो समेत खुलाएर बाटाका म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई अदालतमा उपस्थित हुन कम्पनीलाई भनिएको छ ।

कम्पनीले १४ चैत २०७० मा आर्थिक वर्ष २०६९७० सम्मको ३३औं वार्षिक साधारणसभा सफल रूपमा सम्पन्न गरेको थियो । त्यसपछि ३४औं साधारणसभा सेयरधनीको लफडापछि रोकियो । त्यसयता साधारणसभा हुन सकेको छैन ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit