Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाँझो जमिनमा नर्सरीसँगै ड्रागन फ्रुटको खेती, ६ लाख रुपैयाँको बिक्री हुने अनुमान

बाँझो जमिनमा नर्सरीसँगै ड्रागन फ्रुटको खेती, ६ लाख रुपैयाँको बिक्री हुने अनुमान
विज्ञापन
Advertisement

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिँदै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् ।

आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीका सञ्चालक रामबहादुर साही बताउँछन् । केही वर्ष अस्थायी जागिर खाएपछि २०४६ सालदेखि फूलको नर्सरीमा लागेको उनले बताए । २०५३ सालबाट काठमाडौंमा आफ्नै नर्सरी र फूल खेती गर्दै आएका रामबहादुरले काठमाडौंको नर्सरी छोराले सम्हाल्न सक्ने भएपछि अहिले गाउँमा नै आएर नर्सरी र फलफूल खेती गर्दै आएका छन् ।

साहीले फलफूलको नर्सरी र फूल खेतीको साथमा गाउँमा नै ड्रागन फ्रुटको समेत खेती गर्दै आएका छन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । यस वर्ष ड्रागन फ्रुटको फल मात्र ६ लाख रुपैँया बढीको बिक्री हुने उनको अनुमान छ । ड्रागन फ्रुट प्रति किलो ३ सयदेखि ३ सय ५० रुपैयाँमा बगैँचाबाट बिक्री हुने उनले बताए । फूल र सजावटका बिरुवा भने सबै काठमाडौं पठाइने उनले जानकारी दिए ।नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit