Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मलेसियालाई पराजित गर्दै टी –२० आई शृङ्खलाको उपाधि नेपाललाई

मलेसियालाई पराजित गर्दै टी –२० आई शृङ्खलाको उपाधि नेपाललाई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२० आई शृङ्खला जितेको छ । मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखलामा जित निकालेको हो । उक्त शृङ्खला नेपालले ३–२ ले आफ्नो नाम गर्न सफल भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गर्‍यो । नेपालका लागि रुबी पोदारले सर्वाधिक २६ रन उँदा पूजा महतोले २३, रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा, आइसा एलिसा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालकी कविता कुँवर र ३ राजमती ऐरीले पन ३–३ विकेट लिए ।

नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भएको नेपाल चौथो खेलमा मंगलबार ६ विकेटको जित दर्ता गर्दै खेलमा फर्किएको थियो।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि मलेसियासँगपाँच खेलको शृङ्खला खेलेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit