images
images
images

मलेसियालाई पराजित गर्दै टी –२० आई शृङ्खलाको उपाधि नेपाललाई

images
images
images

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२० आई शृङ्खला जितेको छ । मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखलामा जित निकालेको हो । उक्त शृङ्खला नेपालले ३–२ ले आफ्नो नाम गर्न सफल भएको हो ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गर्‍यो । नेपालका लागि रुबी पोदारले सर्वाधिक २६ रन उँदा पूजा महतोले २३, रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

images

मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा, आइसा एलिसा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालकी कविता कुँवर र ३ राजमती ऐरीले पन ३–३ विकेट लिए ।

नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भएको नेपाल चौथो खेलमा मंगलबार ६ विकेटको जित दर्ता गर्दै खेलमा फर्किएको थियो।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि मलेसियासँगपाँच खेलको शृङ्खला खेलेको हो।

images
images

प्रतिक्रिया दिनुहोस्