Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला शुक्रबारदेखि, दिपल, नामी, सेरेसलगायतका ब्राण्डमा इभी अपग्रेड गरिने देखि १५ लाख सम्मको अफर

एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला शुक्रबारदेखि, दिपल, नामी, सेरेसलगायतका ब्राण्डमा इभी अपग्रेड गरिने देखि १५ लाख सम्मको अफर
विज्ञापन
Advertisement

काठमाडौं । देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौंमा मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ। गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने कम्पनीले जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर नेपालकै सबैभन्दा स्टाइलिस र प्राविधिक रुपमा एड्भान्स्ड इभीमा अपग्रेड गर्न सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् । यसका साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुने कम्पनीको भनाइ छ । आगन्तुकहरुले ह्युमनोइठ रोबोट सो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् ।

ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । साथै, ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ उठाउन सकिने छ ।

यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको समेत अफर पाउने उल्लेख छ । एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । साथै नाडा अटोसोमा सो स्टपर बन्न सफल दिपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरुले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने कम्पनीको भनाइ छ ।

काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit