Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

गहिरिँदै ट्रम्प–सी बीचको ‘ट्रेड वार’ : उच्च करको धम्कीपछि चीनसँग व्यवहार गर्ने सही तरिका नभएको चीनको प्रतिक्रिया

गहिरिँदै ट्रम्प–सी बीचको ‘ट्रेड वार’ : उच्च करको धम्कीपछि चीनसँग व्यवहार गर्ने सही तरिका नभएको चीनको प्रतिक्रिया
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको उल्लेख गर्दै सो कदम चीनसँग व्यापार गर्ने उपयुक्त उपाए नभएको कडा प्रतिक्रिया दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका थिए । उनले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की समेत दिएका थिए ।

ट्रम्पको उक्त कदमपछि आइतबार चीनको वाणिज्य मन्त्रालयले कर धम्कीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”

राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाएका छन् भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।

दुर्लभ खनिजका कारण अमेरिका–चिनको ‘ट्रेड वार’ गहिरिँदै

दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।

गत बिहीबार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेको थियो । त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै चीनले ‘अत्यधिक शत्रुतापूर्ण’ व्यवहार गरेको र ‘विश्वलाई बन्धक बनाउन खोजेको’ आरोप लगाए ।

दुई देशबीच पुन व्यापार युद्ध सुरु हुने संकेतसँगै अमेरिकी नेताले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा राष्ट्रपति सीसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की पनि दिएका छन् । जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै नेताबीच यो पहिलो प्रत्यक्ष भेट हुने अनुमान गरिएको थियो ।

केही महिनाअघि बेइजिङ र वासिङ्टनबीच व्यापार युद्धको असहज युद्धविराममा सहमति भएको थियो। यद्यपि पछिल्ला घटनाक्रमले तनाव पुनः बढाएको छ ।

गत शुक्रबार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो । चीनले यो कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताउँदै उक्त शुल्कले ‘चीनको हितलाई गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।

अमेरिकाले गत अप्रिलमा आफ्नै जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले ती शुल्कहरू घोषणा गरेको थियो । यो उद्योगमा चीन र अन्य एसियाली मुलुकहरूको दशकौँ लामो प्रभुत्व रहेको मानिन्छ । फोटो : द सेक्रेटेरियट

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit