Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा, आजै म्याद थप गरिँदै

आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा, आजै म्याद थप गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शंकास्पद सम्पत्तिको स्रोत तथा शेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा सोमबार पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । सोमबार पक्राउ परेका उनलाई स्थलमार्ग हुँदै आजै काठमाडौं ल्याइएको हो ।

उनीमाथि विवादित व्यवसायी दीपक भट्टसँग मिलेमतो गरी आर्थिक लेनदेन तथा नीतिगत निर्णयमार्फत अनुचित लाभ पुर्‍याएको र सम्पत्ति लुकाएको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ। विभागले पौडेलको परिवारका सदस्यका नाममा रहेका सम्पत्ति तथा लगानीको स्रोतसमेत अध्ययन गरिरहेको स्रोतले जनाएको छ।

पौडेलले आठ पटक मन्त्री बन्दा पाँच पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले अर्थसँगै युवा तथा खेलकुद, जलस्रोत, र रक्षा मन्त्रालयसमेत सम्हालेका थिए। हाल उनीमाथि लागेको आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमामा थप अनुसन्धानका लागि म्याद थप गर्न आजै विशेष अदालतमा उपस्थित गराइने तयारी छ ।

एमालेले भने पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै विरोध जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अधिनायकवादी शैलीमा अघि बढेको टिप्पणी गरेका छन् । उपाध्यक्ष पक्राउ परेपछि ओलीले छलफलका लागि दलको बैठक बोलाएका छन् । सो बैठक च्यासलमा दुई बजेबाट सुरु भएको ओलीको सचिवालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit