Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अमेरिका–इरानबीच १८ घण्टा लामो वार्ता, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

अमेरिका–इरानबीच १८ घण्टा लामो वार्ता, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति
विज्ञापन
Advertisement

काठमाडौं । स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

१८ घण्टाभन्दा लामो चलेको पहिलो चरणको छलफलमा दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित विस्तृत रोडम्यापमा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा अवस्था र आपसी प्रतिबन्ध तथा आर्थिक मुद्दाहरू मुख्य एजेन्डा रहेका थिए। दुवै देशका प्रतिनिधिमण्डलले प्राविधिक तहका वार्ता निरन्तर अघि बढाउने निर्णय गरेका छन्।

संयुक्त विज्ञप्तिअनुसार पाकिस्तान र कतारको मध्यस्थतामा भएको छलफलले उच्चस्तरीय समन्वय संयन्त्र गठन गर्ने सहमति गरेको छ। यस संयन्त्रले अन्तिम सम्झौताका लागि आवश्यक कार्ययोजना तयार गर्नेछ।

सुरक्षा र क्षेत्रीय संयन्त्रमा सहमति

वार्तामा लेबनानमा जारी सैन्य गतिविधि व्यवस्थापनका लागि अमेरिका, इरान, लेबनानी सरकार र मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको बताइएको छ। त्यसैगरी, रणनीतिक जलमार्ग हर्मुज जलडमरू हुँदै हुने व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र सम्भावित घटनाबाट बच्न दुवै पक्षले विशेष सञ्चार संयन्त्र स्थापना गरेका छन्।

आर्थिक तथा प्रतिबन्धसम्बन्धी विषय

इरानी विदेशमन्त्री अब्बास अराघचीले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्ध हटाइएको, केही रोक्का सम्पत्ति फुकुवा भएको र पुनर्निर्माण तथा विकास कार्यक्रम सुरु भएको दाबी गरेका छन्। यद्यपि, पाकिस्तान–कतारको संयुक्त विज्ञप्तिमा उक्त विषयबारे स्पष्ट उल्लेख गरिएको छैन।

यसअघि तयार भएको समझदारीपत्रमा अमेरिकाले इरानमाथिका प्रतिबन्ध क्रमशः हटाउने तथा रोक्का सम्पत्तिको प्रयोग खुला गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ। तर यसबारे वासिङ्टनले औपचारिक प्रतिक्रिया दिएको छैन।

यो वार्तामा मध्यस्थकर्ताका रूपमा पाकिस्तान र कतारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दुवै देशले अन्तिम सम्झौतासम्म संवादलाई निरन्तर रचनात्मक रूपमा अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर सहभागी थिए। इरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीसहितको प्रतिनिधिमण्डल सहभागी थिए।

यस वार्ताको सफलताले मध्यपूर्वमा लामो समयदेखि जारी तनाव न्यूनीकरणतर्फ महत्वपूर्ण संकेत दिएको विश्लेषण गरिएको छ। रासस/एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit