Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संविधान र देश बचाउन आजको बैठक कोशेढुंगा सावित हुनेछ : नेता खतिवडा

संविधान र देश बचाउन आजको बैठक कोशेढुंगा सावित हुनेछ : नेता खतिवडा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् । उनले चुनाव गराउने गरी सरकार लागे कांग्रेस पछाडि नजाने समेत बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्ध रुपमा लिएर जानु आजको आवश्यकता रहेको बताएका उनले संविधान बचाउन अन्य दलसँग छलफलका लागि आजको बैंठक कोशे ढुंगा सावित हुने बताए ।

खतिवडाले भने, ‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउने क्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक एउटा कोशेढुङ्गाा सावित हुने विश्वास गरेका छौ ।’

यस्तै उनले कांग्रेस एकतावद्ध नभई मुलुकको अहिलेको राजनीतिक अवस्था नसुध्रिने भन्दै संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवापुस्तालाई आकर्षित गराउनुपर्नेमा जोड दिए । ‘बैठकमा कांग्रेस अझ बढी एकिकृत एवम एकताबद्ध भएर प्रस्तुत हुनेछौं । कांग्रेसलाई पहिलो पार्टीका रुपमा लानुपर्नेछ । संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवाहरुलाई आकर्षित बनाउनुपर्ने छ । त्यसैले हामी सबैलाई समेटेर अगाडि जाने प्रयास गर्दैछौ,’ उनले भने ।

अन्तरिम सरकारले देशमा बहुदलीय प्रतिस्पर्धा र राजनीतिक दलहरु छन् भन्ने कुरा बिर्सिएको आरोप खतिवडाको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit