images images images
images images images
images
images
images

पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा

images

काठमाडौं । पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका छन् ।

सोमबार राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री जेलाले उक्त निर्णय पेरुकी पूर्व प्रधानमन्त्री श्रीमती बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि गरिएको बताएका हुन् । चावेजमाथि हाल विद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ।

images
images

विदेशमन्त्री डे जेलाका अनुसार मेक्सिकोको लिमास्थित राजदूतावासले चाभेजलाई शरण प्रदान गर्ने निर्णय लिँदा दुई देशबीच पहिले नै रहेको राजनीतिक तनावलाई अझ चर्काउने ‘अत्यन्तै प्रतिकूल कार्य’ गरेको भन्दै कूटनीतिक सम्बन्ध तोड्ने निर्णय भएको हो । उनले मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको आरोप समेत लगाएका छन् ।

यसैबीच राष्ट्रपति जोसे जेरीको कार्यलयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ । अधिकारीहरूका अनुसार सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपतकाल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ। त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै संसद्द्वारा पदच्युत भएपछि उनलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्धको विद्रोहको अपराधमा सहयोगीको रूपमा आरोप लगाएको छ र उनका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ । विदेशमन्त्री डे जेलाले भने, “आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्व प्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ ।”

मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानूनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ । यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन ।”

यसअघि पनि मेक्सिकोले पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उनकी श्रीमती र सन्तानहरूलाई शरण दिएको छ । क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुग्नुभएको थियो र सन् २०२२ डिसेम्बरमा संसद् विघटनको घोषणा गरेपछि पदच्युत भएका थिए ।

गत अक्टोबरमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले क्यास्टिलोप्रति समर्थन जनाएकी थिइन् । उनलाई ‘कूको सिकार’ भएको बताउनुका साथै निष्पक्ष सुनुवाइ र रिहाइको माग गरिएको थियो । पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।”

पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो ‘अस्वीकार्य र गैरकूटनीतिक’ व्यवहार परिवर्तन नगरेको मन्त्रालयले बताएको छ । एपी

images
images

प्रतिक्रिया दिनुहोस्