Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

यातायात क्षेत्रलाई विद्युतीकरणमा परिवर्तन गर्न गम्भीर भएर लागेका छौं, सोलारको हकमा निजी क्षेत्रलाई रोक्दैनौं : मन्त्री घिसिङ

यातायात क्षेत्रलाई विद्युतीकरणमा परिवर्तन गर्न गम्भीर भएर लागेका छौं, सोलारको हकमा निजी क्षेत्रलाई रोक्दैनौं : मन्त्री घिसिङ
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार काठमाडौंमा आयोजित वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले विद्युतीय सवारी सञ्चालन गर्न अझ प्रोत्साहन हुने बताए ।उनले भने, ‘नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु पनि बढ्दै गएको छ । यसको लागि चार्जिङ् स्टेशनहरु एकदमै महत्वपूर्ण हुन्छ । चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन गर्छ ।’

साथै मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिए । ‘चार्जिङ स्टेशनको नीतिलाई सहज गराउन केही पुर्नविचार गर्नुपर्ने छ, त्यो नीति मन्त्रालयबाट गईसकेको छ । अब अर्को बोर्डबाट हामीले त्यो पास गर्छौं होला’ मन्त्री घिसिङले भने । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उनले सरकारको नीति सोलारको प्रवद्र्धन रहेको बताए ।

हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई मन्त्री घिसिङले आह्वान गरे । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उनले भने, ‘वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट ठाउँ र विपन्न परिवारका लागि ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याए । । उनले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताएका छन् । साथै उनले वैकल्पिक उर्जाको रुपमा सोलार पनि बढ्दै गएको भन्दै सोलार निर्माणका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने बताए । त्यसका लागि आवश्यक बनाएको उनको भनाइ छ । उनले भने, ‘सोलारको कुरामा निजी क्षेत्रलाई पनि सोलारलाई खोलेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले त्यसको कार्ययोजना बनिरहेको छ । सोलारलाई हामी प्रमोशन नै गर्ने हो । यसमा रोक लगाउने काम गर्दैनौ ।’

कार्यक्रममा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, ऊर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको स्मरण गरे । उनले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत् पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताए । उनले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको जानकारी दिए । हाल १३६ स्थानीय तहसँग साझेदारी भएको उनले बताए । आउँदो पाँच वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको बताए । ‘यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको छ’,उनले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit