Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्योपचार

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्योपचार
विज्ञापन
Advertisement

काठमाडौं। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरु पनि महानगरपालिका छ भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताए। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरे।

अस्पतालका अध्यक्ष डा. श्रेष्ठले, स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरु उपचारका लागि आउन थाल्नु, समुदायका मानिसहरु उपचारका बारेमा सोधखोज गर्न थाल्नु, महानगरपालिकाको सहयोग प्राप्त भएको नतिजा भएको बताए।

सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ ।

लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो ।

सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit