Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर दोस्रो बजारमा कारोबार सुरु

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर दोस्रो बजारमा कारोबार सुरु
विज्ञापन
Advertisement

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो । कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो ।

मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको कम्पनीले जनाएको छ । एमएबिइएल स्टक संकेतबाट शेयर कारोबार सुरु भएको हो । माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीका अनुसार यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ र हाल आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit