Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दल सर्वोच्च जाने, सभामुख मण्डललाई महाअभियोग लगाउने तयारी

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दल सर्वोच्च जाने, सभामुख मण्डललाई महाअभियोग लगाउने तयारी
विज्ञापन
Advertisement

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै विभिन्न सात राजनीतिक दलहरु अदालत जाने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश प्रमुख भण्डारीले आज(सोमबार) बिहान आफू उपचारार्थ काठमाडौं जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएर काठमाडौंका लागि निस्ेकी थिइन् । तर, बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएपछि राजनीतिकवृत तरंगित बनेको छ ।

उनले त्यसअघि नै नेपालको संविधानको धारा १६८(२) को सरकार असफल भएको बताएकी थिइन् । संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीले विश्वासको मतमा असफल भएको नभई राजीनामा दिएको भन्दै पुनः १६८(२)कै सरकार गठन आह्वानका निम्ति सर्वदलीय बैठकबाट गरिएको आग्रहमा सहमति जनाएर काठमाडौंका लागि प्रस्तान गरेकी प्रमुख यादवले बाटोमै नयाँ मुख्यमन्त्री नियुक्त गरी शपथ दिलाएपछि सात दलले अदालत जाने निर्णय गरेका हुन् ।

जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अदातमा रिट दायर गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।

उनले सातवटै दलहरुको संयुक्त बैठक बसी अदालत जाने निर्णय भएको बताए । यादवले प्रदेश प्रमुखले एकलौटी ढंगले गरेको निर्णय लज्जास्पद भएको टिप्पणी गरे । यादवका अनुसार ७४ जना सांसदले अदालतमा रिट गर्न हस्ताक्षर गरेका छन् । उनले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महाभियोग लगाउने तयारी पनि भइरहेको जानकारी दिए । प्रदेश प्रमुख भण्डारीले संविधानमाथी प्रहार गरेको आरोप उनको छ । यस्तै, संघीयता नै धरापमा पार्ने खेल भइरहेको यादवको भनाइ छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit