Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्लू वृद्धिद्वारा इटहरीमा नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिद्वारा इटहरीमा नामी भिगो सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

डोंगफेंगको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड–साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको कम्पनीको भनाइ छ। यसका रहेको ‘म्याजिक क्युब डिजाइन’ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ।

एफएनसीसीआई इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त, सेल्स प्रमुख राजेन्द्र सिग्देल, तथा डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा नामी भिगोको आवरण खोल्दै शुभारम्भ गरेका थिए। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी र स्थानीय उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ भने चार्ज गरेको केही  मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit