Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तनहुँ जलविद्युत् आयोजनाले लियो गति, मुख्य बाँध निर्माण ५० प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाले लियो गति, मुख्य बाँध निर्माण ५० प्रतिशत सम्पन्न
विज्ञापन
Advertisement

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि आवश्यक कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिटको काम पूरा भएको छ। मुख्य बाँध निर्माणको काम २०८१ चैत ७ गतेबाट सुरु गरिएको थियो।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधसहितका संरचना निर्माण भइरहेको छ। यस प्याकेजमा हालसम्म ५९ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ। प्याकेज–१ को निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ।

मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङ तथा अन्य सहायक संरचनाको निर्माण सम्पन्न भइसकेको छ। बाँध निर्माणलाई सहज बनाउन सेती नदीको पथान्तरणसमेत गरिएको छ भने माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माणको काम पनि पूरा भएको छ।

१४० मिटर उचाइको मुख्य बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा उत्पादन क्षेत्रमा महत्वपूर्ण परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit