Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बीमाको औषधी गुणस्तरीय नभएको कुरा गलत : मन्त्री शर्मा

बीमाको औषधी गुणस्तरीय नभएको कुरा गलत : मन्त्री शर्मा
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एंव नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बीमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको धारणा राखिन् । यस्तै उनले बीमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् । उनले भनिन्, ‘बीमाको औषधी गुणस्तरीय नहुने भन्ने कुरा गलत हो । त्यस्तो भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु र आफ्नो निजी औषधी व्यवसाय हुनेहरु कसैले त्यो भ्रामक समाचार फैलाएको हुन सक्छ त्यसतर्फ सबैजना सचेत हुन आग्रह गर्छु । बीमा कार्यक्रममा समस्याहरु छन्, त्यसलाई हामी क्रमश सुधार गर्दै जाने प्रयासमा छौ ।’

यस्तै, उनले सरकारले संविधानमार्फत दिएको निःशुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । आधारभूत अस्पतालहरुको उपकरणको बारेमा मन्त्रालयमा फाइलहरु हेर्नुपर्ने अवस्थामा भए त्यसलाई हर्ने उनको भनाइ छ ।

मन्त्री शर्माले आफू जेनजी आन्दोलनको मागमा मन्त्री भएको उल्लेख गर्दै जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार निर्मूल र सुशासनको कुरालाई बिर्सिन नहुनेमा जोड दिइन् । उनले भनिन्, ‘जेनजी आन्दोलनको मागपछि म मन्त्री भएको हुँ । हामी कसैले पनि बिर्सिन नहुने कुरा भनेको जेनजीहरुको भ्रष्टाचार निर्मूलको माग हो । उनीहरुले भ्रष्टाचार हटाउनको लागि नै भनेर आन्दोलन गरेका हुन् । हामी सबैले आफ्नो छातीमा हात राखेर कसम खाउ की म बाट कुनै पनि गलत काम हुँदैन् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit