Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रिलायबल समृद्धि योजना–२ बन्दमुखी योजना आगामी वैशाख २९ गतेबाट खुला

रिलायबल समृद्धि योजना–२ बन्दमुखी योजना आगामी वैशाख २९ गतेबाट खुला
विज्ञापन
Advertisement

काठमाडौं । रिलायबल समृद्धि योजना– २ वैशाखको २९ गतेबाट निष्कासनमा आउने भएको छ । रिलायबल क्यापीटलले एक सूचना जारी गर्दै आफ्नो प्रस्ताव सार्वजनिक गरेको हो । यो बन्दमुखी योजना हो ।

विज्ञापन
Advertisement
Advertisement

यस योजना अन्तर्गत इकाई बिक्री वैशाख २९ गतेदेखि सुरु भई जेठ १ गतेसम्म खुला रहनेछ । प्रारम्भिक अवधिमा पूर्ण रूपमा आवेदन नपरेमा निष्कासन अवधि जेठ १२ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

कुल १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई (१४ करोड बराबर) योजना व्यवस्थापक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १० लाख इकाई (१ करोड बराबर) कोष प्रवद्र्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका लागि छुट्याइएको छ।

बाँकी ८ करोड ५० लाख इकाई ( ८५ करोड बराबर) सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। यसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit