काठमाडौं । नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएको छ । दुई संस्थाबीच नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
आइतबार भएको उक्त सम्झौता २०८२ साल कार्तिक २५गते देखि २०८२ साल मंसिर ६ गते सम्म लागू हुने छ । सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड÷डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरे ।
अब नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% (१,५००) सम्मको छुट र क्रडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा अधिकतम २०% (२,०००) सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स कार्डको प्रयोग गर्नुपर्नेछ ।
बैंकले डिजिटल ग्राहकको संलग्नता बढाउन हेतु आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्