Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङ टिभीको विश्वकप अफर : ६ महिनादेखि १ वर्षसम्म नेटटिभी फ्री, २५ प्रतिशत सम्म क्यासब्याक

सामसङ टिभीको विश्वकप अफर : ६ महिनादेखि १ वर्षसम्म नेटटिभी फ्री, २५ प्रतिशत सम्म क्यासब्याक
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जुलाई १९ सम्म मान्य हुने यो अफरले ग्राहकलाई घरभित्रै विश्वकपको स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने कम्पनीको तर्क छ। अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५५ सम्म क्यासब्याक उपलब्ध हुनेछ । जसले विश्वकपको अवसरमा ग्राहकलाई ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्ने जनाइएको छ।

कम्पनीका अनुसार ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल ९ हजार ९९९ रुपैयाँमा ४९ हजार ९९० रुपैयाँ मूल्यको साउन्डबार पाउनेछन् । जसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली, इमर्सिभ अडियो थप्ने छ ।

सामसङले थप मनोरञ्जन सजिलै प्रदान गर्नका लागि नि: शुल्क वोर्ल्ड कप लाइभ सब्सक्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि दिइरहेको जनाएको छ। क्यूलेडरयूएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडीरएचडी मोडेलमा ६ महिनासम्मको निस्शुल्क नेटटिभी प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको किस्ताबन्दी योजनामा टिभी खरिद गर्न सक्छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit