Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संविधानअनुसार नै नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

संविधानअनुसार नै नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव
विज्ञापन
Advertisement

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतका मुख्यमन्त्रीहरुले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको राजनीतिक अन्योलता हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गरे ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएको उल्लेख गर्दै प्रदेशको संवैधानिक सङ्कट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उाको भनाइ थियो ।

मुख्यमन्त्री यादवले भने, ‘आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’

यादव मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दलका कार्यकर्ताहरुले मधेस प्रदेश भवनभित्र आज तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनका कारण मन्त्रालयहरुको अवस्था अस्तव्यस्त भएको थियो । साथै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit