Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रिमियर इन्टरनेसनल स्कूलमा सकियो ज्ञान मेला

प्रिमियर इन्टरनेसनल स्कूलमा सकियो ज्ञान मेला
विज्ञापन
Advertisement

काठमाडौं। प्रिमियर इन्टरनेसनल ‘आईबी कन्टिन्युम स्कूल’ ले यस वर्षको ‘ज्ञान मेला २०२६’ सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौं?’ भन्ने प्रश्नमा केन्द्रित रही आयोजना गरिएको यस मेलाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वको जीवन्त बौद्धिक मञ्चमा रूपान्तरण गरेको विद्यालय प्रशासनले जनाएको छ।

नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचानलाई मुख्य विषयवस्तु बनाइएको यस मेलामा विद्यालय परिसरलाई रातो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूप जस्ता कलात्मक सजावटले सजाइएको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा आईबी डिप्लोमा प्रोग्रामका विद्यार्थीहरूद्वारा सञ्चालित १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू रहेका थिए।

विद्यार्थीहरूले प्राचीन हस्तलिपि, छेत्री पुतली, डीएनएका तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरेका थिए। उनीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै ज्ञानको प्रकृति, स्रोत र विश्वसनीयताबारे गहिरो छलफल गरेको जनाइएको छ।

कक्षाकोठाको सिकाइलाई व्यवहारिक र जीवन्त बनाउँदै विद्यार्थीमा खोजमुलक र चिन्तनशील सोचको विकास गर्न यो मेला सफल रहेको विद्यालय प्रशासनले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit